दोश्रो राष्ट्रिय तथा पोखरा मेयर कप ब्याडमिन्टन प्रतियोगिता सुरु
पाेखरा | पुस १२, २०८०
पोखरा: दोश्रो राष्ट्रिय खुल्ला तथा पोखरा मेयर कप ब्याडमिन्टन प्रतियोगिता बिहिबारबाट पोखरामा सुरु भएको छ ।
कास्की जिल्ला ब्याडमिन्टन संघको आयोजनामा सुरु भएको प्रतियोगितामा पहिलो दिन पुरुष सिंगल्सतर्फ एपिएफ क्लबका प्रदिप सोतीले देवीनगर क्लवका सुजल राज श्रेष्ठलाई २१–१४, २१–१० को सोझो सेटमा पराजित गरेका छन् । प्रतियोगिताका छैटौं वरियाताका एपिएफका देवराज रानाले सुन्सरीका गणेश बहादुर चम्लागाईलाई २१–१२ र २१–८ ले पराजित गर्दा पिएसविसीका विशान गुरुङले कास्कीका इशान खड्कालाई २१–१४ र २१–१५ ले पहिलो चरणको खेलमा पाखा लगाएका छन् ।
पुरुष सिंगल्सतर्फ नै एपिएफका अनिल मल्लले देवीनगरका बविश थापालाई २१–१९, १५–२१ र २१–१२ ले पराजित गर्दा पाँचौ बरियाताका नेपाल पुलिसका सुनिल जोशी वाक आउटका आधारमा विजेता बने । एपिएफकै प्रम्भ सिम्खडाले कास्कीका अविराज शेरचनलाई १९–२१, २१–१२ र २१–१२ को सेटमा पराजित गरे भने देवीनगरका हेमन्त आयरले पिएसविसीका विवेक सुवेदीलाई २१–५ र २१–८ ले, एपिएफकै क्षितिज खनालले त्रिभुवन आर्मी क्लवका पविन लिङथेपलाई २१–८, २१–० ले, कास्कीका विधान अधिकारीले एपिएफका सुजन थापालाई २१–१९ र २१–११ ले, एपिएफका रोशन साउदले पिएसविसीका नितेश गुरुङलाई २१–११ र २१–९ ले, नेपाल पुलिस क्लवका पूर्ण बहादुर थापाले महोत्तरीका इशान झालाई २१–१२ र २१–८ ले तथा एपिएफका अरुण अधिकारीले सुनसरीका संगम गिरीलाई २१–१६ र २१–१८ ले पराजित गरेका छन् ।
ब्याइज यू १७ तर्फ भएको खेलमा कास्कीका देवेन फगामी, साइमान कार्की, अमृत थापा, र सनिश भण्डारी आ–आफ्नो खेल जित्दै प्रिक्वाटरमा प्रवेश गरेका छन् । त्यस्ते पिएसविसीका बसन्त पौडेल, कैलालीका आदित्य चौधरी, सुनसरीका संगम गिरी, एपिएफका प्रम्भ सिंम्खडा, कन्चनपुरका उदय चन्द, लाफा समुहका मनोज फौदार, पिएसविसीका सुन्दर विक, क्नचनपुरमा रेनिश धामी, म्याग्दीका डियन थापा, पिएसविसीका कृष कार्की, कन्चनपुरका आशिष खत्री, म्याग्दीका दिवश पुन, सुन्सरीका ग्रिनेश घिमिरे र एपिएफका आरुष सिम्खडाले पहिलो चरणको खेल जितेका छन् ।
त्यस्तै यू १२ ब्याइज सिंगल्सतर्फ नेभोल एकेडेमीका दिनेश थापा, कन्चनपुरका उदय चन्द, कास्कीका सविन विक्रम पालिखे, चितवनका गाव्रियल लामा, नोवल एकेडेमीकै बाशुदेव जैशीले आ–आफ्नो खेल जितेको कास्की ब्याडमिन्टन संघले जनाएको छ ।
यस अघि प्रतियोगिताको उद्घाटन पोखरा महानगर पालिकाका मेयर धनराज आचार्यले उद्घाटन गरेका थिए । कास्की ब्याडमिन्टनले खेलकुद विकासका लागि गरेको कार्यको प्रशंसा गर्दै आगामी दिनमा यस प्रकारका प्रतियोगिताहरुमा महानगरको सहकार्य रहने उनले प्रतिवद्धता जनाए ।
कास्की ब्याडमिन्टन संघका अध्यक्ष शुसिल श्रेष्ठको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा राष्ट्रिय खेलकुद परिषदका सदस्य राजेश कुमार गुरुङले समेत आफ्ना भनाई राखेका थिए ।
प्रतियोगिता अन्तर्गत कुल १२ वटा विभिन्न इभेन्टमा ४८ क्लब तथा जिल्लाका गरी ३ सय भन्दा बढि महिला तथा पुरुष खेलाडीहरुको सहभागिता रहेको छ । पोखरा महानगर पालिकाको मुख्य प्रायोजनका सुरु भएको उक्त प्रतियोगितालाई नेपाल पर्यटन बोर्ड पोखराले प्रवद्र्धन गरेको छ । प्रतियोगिता १४ गते सम्म सञ्चालन हुनेछ । बिजेतालो ट्रफी, नगद, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् ।
पोखरा । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) सुरु भएको छ । डिफेन्डिङ च्याम्पियन लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...
पोखरा — स्वर्गीय दीपक गुरुङको स्मृतिमा पोखरा रंगशाला परिसरमा वृक्षारोपण गरिएको छ । कोने घोथाने घोण्डे तमु समाज यूकेका अध्यक्ष कुमार गुरुङ र प्रथम महिला मीना गुरुङको पहलमा आयोजित का...
पाल्पा । बगनासकाली गाउँपालिका–६, दान्सिँघामा गाउँस्तरीय पुरुष तथा खुला महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । स्थानीयस्तरमा सक्रिय जनज्योति युवा क्लबले बडा दशैंको ...

