दोश्रो राष्ट्रिय तथा पोखरा मेयर कप ब्याडमिन्टन प्रतियोगिता सुरु
पाेखरा | पुस १२, २०८०
पोखरा: दोश्रो राष्ट्रिय खुल्ला तथा पोखरा मेयर कप ब्याडमिन्टन प्रतियोगिता बिहिबारबाट पोखरामा सुरु भएको छ ।
कास्की जिल्ला ब्याडमिन्टन संघको आयोजनामा सुरु भएको प्रतियोगितामा पहिलो दिन पुरुष सिंगल्सतर्फ एपिएफ क्लबका प्रदिप सोतीले देवीनगर क्लवका सुजल राज श्रेष्ठलाई २१–१४, २१–१० को सोझो सेटमा पराजित गरेका छन् । प्रतियोगिताका छैटौं वरियाताका एपिएफका देवराज रानाले सुन्सरीका गणेश बहादुर चम्लागाईलाई २१–१२ र २१–८ ले पराजित गर्दा पिएसविसीका विशान गुरुङले कास्कीका इशान खड्कालाई २१–१४ र २१–१५ ले पहिलो चरणको खेलमा पाखा लगाएका छन् ।
पुरुष सिंगल्सतर्फ नै एपिएफका अनिल मल्लले देवीनगरका बविश थापालाई २१–१९, १५–२१ र २१–१२ ले पराजित गर्दा पाँचौ बरियाताका नेपाल पुलिसका सुनिल जोशी वाक आउटका आधारमा विजेता बने । एपिएफकै प्रम्भ सिम्खडाले कास्कीका अविराज शेरचनलाई १९–२१, २१–१२ र २१–१२ को सेटमा पराजित गरे भने देवीनगरका हेमन्त आयरले पिएसविसीका विवेक सुवेदीलाई २१–५ र २१–८ ले, एपिएफकै क्षितिज खनालले त्रिभुवन आर्मी क्लवका पविन लिङथेपलाई २१–८, २१–० ले, कास्कीका विधान अधिकारीले एपिएफका सुजन थापालाई २१–१९ र २१–११ ले, एपिएफका रोशन साउदले पिएसविसीका नितेश गुरुङलाई २१–११ र २१–९ ले, नेपाल पुलिस क्लवका पूर्ण बहादुर थापाले महोत्तरीका इशान झालाई २१–१२ र २१–८ ले तथा एपिएफका अरुण अधिकारीले सुनसरीका संगम गिरीलाई २१–१६ र २१–१८ ले पराजित गरेका छन् ।
ब्याइज यू १७ तर्फ भएको खेलमा कास्कीका देवेन फगामी, साइमान कार्की, अमृत थापा, र सनिश भण्डारी आ–आफ्नो खेल जित्दै प्रिक्वाटरमा प्रवेश गरेका छन् । त्यस्ते पिएसविसीका बसन्त पौडेल, कैलालीका आदित्य चौधरी, सुनसरीका संगम गिरी, एपिएफका प्रम्भ सिंम्खडा, कन्चनपुरका उदय चन्द, लाफा समुहका मनोज फौदार, पिएसविसीका सुन्दर विक, क्नचनपुरमा रेनिश धामी, म्याग्दीका डियन थापा, पिएसविसीका कृष कार्की, कन्चनपुरका आशिष खत्री, म्याग्दीका दिवश पुन, सुन्सरीका ग्रिनेश घिमिरे र एपिएफका आरुष सिम्खडाले पहिलो चरणको खेल जितेका छन् ।
त्यस्तै यू १२ ब्याइज सिंगल्सतर्फ नेभोल एकेडेमीका दिनेश थापा, कन्चनपुरका उदय चन्द, कास्कीका सविन विक्रम पालिखे, चितवनका गाव्रियल लामा, नोवल एकेडेमीकै बाशुदेव जैशीले आ–आफ्नो खेल जितेको कास्की ब्याडमिन्टन संघले जनाएको छ ।
यस अघि प्रतियोगिताको उद्घाटन पोखरा महानगर पालिकाका मेयर धनराज आचार्यले उद्घाटन गरेका थिए । कास्की ब्याडमिन्टनले खेलकुद विकासका लागि गरेको कार्यको प्रशंसा गर्दै आगामी दिनमा यस प्रकारका प्रतियोगिताहरुमा महानगरको सहकार्य रहने उनले प्रतिवद्धता जनाए ।
कास्की ब्याडमिन्टन संघका अध्यक्ष शुसिल श्रेष्ठको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा राष्ट्रिय खेलकुद परिषदका सदस्य राजेश कुमार गुरुङले समेत आफ्ना भनाई राखेका थिए ।
प्रतियोगिता अन्तर्गत कुल १२ वटा विभिन्न इभेन्टमा ४८ क्लब तथा जिल्लाका गरी ३ सय भन्दा बढि महिला तथा पुरुष खेलाडीहरुको सहभागिता रहेको छ । पोखरा महानगर पालिकाको मुख्य प्रायोजनका सुरु भएको उक्त प्रतियोगितालाई नेपाल पर्यटन बोर्ड पोखराले प्रवद्र्धन गरेको छ । प्रतियोगिता १४ गते सम्म सञ्चालन हुनेछ । बिजेतालो ट्रफी, नगद, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् ।
मुस्ताङको बारागुङ मुक्तिक्षेत्र गाउँपालिका वडा ४ मा अवस्थित पवित्र तीर्थस्थल कागबेनीमा बिहीबार चैत्र कृष्ण औँसीको तिथीमा पितृतर्पण गर्नेको भिड लागेको छ । काग खोला र कालीगण्डकीको तटमा अवस्थित क...
निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचनमा समानुपातिकतर्फबाट निर्वाचित सांसदहरुलाई प्रमाणपत्र वितरण गरेको छ । आयोगले बिहीवार एक कार्यक्रमकाबिच समानुपातिकतर्फका एक सय १० जना सांसदहरुलाई प्रमाणप...
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्ना नवनिर्वाचित प्रतिनिधिसभा सदस्यका लागि अभिमुखीकरण सुरु गरेको छ। दुईदिने सो अभिमुखीकरणमा सांसदलाई संसदीय अभ्यास, नीति निर्माण, संसद्को कार्यप्रणाली तथा जनप्रत...

